काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नीको १९० तोला सुन पैत्रिक सम्पत्तिका रूपमा रहेको देखिएको छ।
आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा सविना काफ्लेको नाममा १९० तोला सुन भएको उल्लेख गरिएको छ।
प्रधानमन्त्री शाहको नाममा एक करोड ४६ लाख रुपैयाँ नगद रहेको देखाइएको छ। त्यसको स्रोत फेसबुक, यु-टयुब, टिकटक, स्पोटिफाई लगायतबाट आम्दानी भएको उल्लेख छ।
बालेन्द्रकी आमा ध्रुवदेवीको नाममा काठमाडौँमा पाँच आना जग्गा र धनुषामा १.५ बिघा जग्गा रहेको उल्लेख छ। उनका बुबा रामनारायणको नाममा महोत्तरीमा नौ बिघा रहेको उल्लेख छ।

Comment