१३.४६ अंकले घट्दै २८३७.७७ विन्दुमा रोकियो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) नेप्से १३.४६ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.४७ प्रतिशतले घटेको नेप्से २८३७.७७ विन्दुमा अडिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ३.३९ अंकले घटेर ४७८.१३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.७० प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.६४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२६ प्रतिशतले घटेको छ।

सेयरबजारमा शुक्रबार ३३५ कम्पनीको ९७ हजार ४८० पटकको कारोबारमा दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर किनबेच भए। जसअनुसार शुक्रबार आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आइतबार भने १२ अर्ब ३८ करोड नौ लाख १४ हजार ५७० रुपैयाँको कारोबार भएको थियो। सोमबार १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ रुपैयाँको कारोबार भएको थियो। मंगलबार ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० रुपैयाँको कारोबार भएको थियो भने बुधबार आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ रुपैयाँको कारोबार भएको थियो। यसैगरी बिहीबार नौ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज १३ समूहका कारोबार भएकामा दुई समूहका उपसूचक बढ्यो भने ११ समूहका उपसूचक राताम्मे बने। जसअनुसार शुक्रबार वाणिज्य बैंक समूहको सूचक ०.७४‚ विकास बैंक ०.६७‚ फाइनान्स ०.६०‚ होटेल तथा पर्यटन ०.४४ प्रतिशतले बढ्दा जलविद्युत् समूहको उपसूचक ०.०८ प्रतिशतले घट्यो।

यसैगरी लगानी समूहको उपसूचक १.१२ र जीवन बिमा समूहको सूचक ०.७१ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन १.५९ प्रतिशतले बढ्यो।

लघुवित्त ०.७३‚ म्युचुअल फन्ड ०.४९‚ निर्जीवन बिमा ०.४८‚ अन्य ०.३९ र व्यापार समूहको उपसूचक ०.०६ प्रतिशतले ओरालो लागे।

नेप्सेमा शुक्रबार चार कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे। सकारात्मक सर्किट लाग्नेमा भुजुङ हाइड्रोपावर लिमिटेड‚ सुपर खुदी हाइड्रोपावर लिमिटेड‚ होटेल फरेस्ट इन नेपाल र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड छन्। अर्थात् यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै एनआईसी एसिया ब्यालेन्सड फन्डका लगानीकर्ताले ४.१७ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। आज नेसनलको ५१ करोड ३२ लाख ९९ हजार ४५६ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड नै सबैभन्दा अगाडि रह्यो। नेसनलको सेयर शुक्रबार १६ लाख ४१ हजार २५५ कित्ता किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३१० रुपैयाँ ५० पैसा कायम रह्यो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।