‘कमेडी दरबार ३’ को घोषणा, रानीको रुपमा भित्रिइन् दीया मास्के

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। चर्चित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार ३’ घोषणा गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबीच तेस्रो सिजनको घोषणासँगै प्रसारण मिति सार्वजनिक गरिएको हो।

यसपटक नयाँ प्रस्तुति शैली, अझ भव्य सेट र विविधतापूर्ण कन्टेन्टसहित आगामी बैशाख ४ गतेदेखि दर्शकमाझ आउन लागेको निर्माणटिमले जनाएको छ। तेस्रो सिजन अघिल्लाभन्दा अझ मनोरञ्जनात्मक, सशक्त र दर्शकमैत्री हुने टिमको विश्वास छ।

यस सिजनमा पनि ‘महाराजा’ को रूपमा मनोज गजुरेल र ‘महारानी’ को रूपमा गौरी मल्ल रहेका छन्। रानीको रूपमा अभिनेत्री दीया मास्के भित्रिएकी छिन्। त्यस्तै, कमेडियनहरू दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बा यसपटको सिजनमा थपिएका छन्।

यसअघिका कलाकारहरू सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्यालले निरन्तरता पाएका छन्।

लेखन टिममा विकास अर्याल र सरोज भण्डारी रहेका छन्। होस्टका रूपमा सजिना खनाल र विक्की अग्रवालको निरन्तरता रहनेछ। निर्देशन पनि विक्की अग्रवाल र श्रद्धा प्रसाईंकै रहनेछ।

‘कमेडी दरबार ३’ बैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ बजे ओएसआर रियालिटी तथा प्राइम टाइम टेलिभिजनमार्फत प्रसारण हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।