काठमाडौं । जगदम्बा स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैशाख १० गते बोलाएको विशेष साधारणसभामा कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।
विशेष साधारणसभामा कम्पनीको नाम परिवर्तन गर्ने, बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने , पुँजी त्तहा शेयर संख्या परिमार्जन गर्ने, शेयर निष्काशनबाट प्राप्त रकमको उपयोग गर्ने सम्बन्धि प्रस्ताव पेश हुने छन् ।
सौरभ ग्रुप अन्तरर्गत रहेको जगदम्बा स्पिनिङ मिल्सले आफ्नो रुपन्देहीमा रहेको उद्योगबाट धागो उत्पादन गर्दै आएको छ। कम्पनीसँग दैनिक ५० मेट्रिक टन धागो उत्पादन गर्ने क्षमता छ । कम्पनीको ९० प्रतिशत उत्पादन निर्यात हुने गरेको छ, जसमा भारत प्रमुख बजार हो । आईपीओको रकमले दक्षिण एसियामा कम्पनीको व्यवसाय विस्तार गर्न सहयोग पुर्याउने कम्पनीको अपेक्षा छ ।

Comment