स्वीस बैंकमा नेपालीले भ्रष्टाचार गरी थन्क्याएको रकम फिर्ता ल्याउने कार्यमा सहयोग गर्न राजदूतसँग गृहमन्त्रीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालीहरूले अवैधरूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे/नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतावासलाई आग्रह गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनिएल मैवलीसँगको भेटमा गृहमन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन् ।

नेपाली उच्च पदस्थ व्यक्तिहरुले भ्रष्टाचार र अवैधरुपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरे/नगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न उनको आग्रह छ।

रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन पनि गृहमन्त्री गुरुङले अनुरोध गरे।

नेपाली नेता, बिचौलीया, व्यवसायी लगायतले स्वीस बैंकमा पैसा राखेको आरोप लाग्ने गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।