दुई हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा कमी आएको छ। सोमबारको तुलनामा सुन प्रतितोला दुई हजार ६०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई लाख ९१ हजार ४०० रुपैयाँ कायम गरिएको छ। हिजो सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। सोमबार प्रतितोला चार हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको महासंघले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।