जलशक्ति हाइड्रोले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले प्रतिशेयर अंकित मूल्य रु. १०० का दरले १,००,००,००० कित्ता शेयर जारी गर्ने तयारी गरेको छ। यसअनुसार कम्पनीले रु. १ अर्ब बराबरको शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, विदेशमा श्रम स्वीकृति लिएर रोजगारीमा रहेका नेपाली, आयोजनामा कार्यरत कर्मचारी, सामूहिक लगानी कोष तथा सर्वसाधारणमा बिक्री गर्दैछ।

कम्पनीको ६० प्रतिशत शेयर संस्थापक समूह र ४० प्रतिशत शेयर सर्वसाधारण समूहमा रहने व्यवस्था गरिएको छ। जलशक्ति हाइड्रोको जारी पुँजी रु. २ अर्ब ५० करोड रहने जानकारी कम्पनीले दिएको छ।

शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन प्रक्रियाका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। सो सम्बन्धी सम्झौतामा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास खनाल र जलशक्ति हाइड्रो कम्पनीका अध्यक्ष डा. भोगेन्द्र्र कुमार गुरागाईले हस्ताक्षर गरेका छन्।

जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले धादिङ जिल्लाको इल्ले–तातोपानी खोलाको पानीको सदुपयोग गर्दै २३.६७५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीले उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।