आज मिति २०८२ चैत २२ गते आइतवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ चैत २२ गते (५ अप्रिल २०२६) आइतवार, वैशाख कृष्णपक्ष तृतीया तिथि, १०ः३५ बजेपछि चतुर्थी। विशाखा नक्षत्र। चन्द्रराशि तुला, १६ः१९ बजेपछि वृश्चिक।

मेष :
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । धन सम्पत्तीको लाभ हुने योग छ । व्यापार व्यावसायमा पनि सफल भईनेछ । वेलुकी पख अप्रिय समाचार सुन्न पर्ने होकि भन्ने समय छ ।

वृषः

चिताएको कामले तिव्रता लिनेछ । पठनपाठनमा रुचि बढ्नेछ । परिवारसँग रमाइलो घुमघामको तय हुनेछ । आकस्मिक धन लाभको सम्भावना रहेको छ । उद्योग, व्यवसाय गर्न जोशजाँगर र हिम्मत बढ्नेछ ।

मिथुनः

आज कामको बोझ घट्दै जानेछ । विद्या र बुद्धिको विकास हुनेछ । सन्तानको उन्नति प्रगतिले मन प्रफुल्ल रहला । आर्थिक लाभको सम्भावना रहेको छ । व्यवसायिक काम कारोवारमा वृद्धि हुनेछ । प्रेम सम्बन्धमा राम्रो पक्ष हुनेछ ।

कर्कटः

तपाईंले गरेको राम्रो कामको जस अरुले लिने खोज्ने छन् । स्वास्थ्यको लागि खानपिनमा ख्याल गर्नु पर्नेछ । चोटपटकको सम्भावना रहेको छ । स्थायी सम्पत्तिमा विवाद हुने देखिन्छ । वेलुकी पख शुभ समाचार मिल्नेछ ।

सिंहः

धन वस्त्रादिको लाभ हुनेछ । व्यापार व्यावसायमा सन्तुष्टी मिल्नेछ । जोशजाँगार र हिम्मत बढ्नेछ । अध्ययन अध्यापनमा सफल भईनेछ । सहकर्मीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने छ । दिनको उत्तरार्धमा वादविवादको सम्भावना रहेको छ ।

कन्याः

आज कुटुम्वजनबाट सुखसहयोग मिल्नेछ । धन, सम्पत्तीको लाभ हुनेछ । कानुनी समस्याहरूमा आफ्नो पक्ष मजबुत रहनेछ । रमाइलोसंग दिन जानेछ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ । विद्या बुद्धिको विकास हुनेछ ।

तुलाः

आकस्मिक धनलाभ हुनेछ । उपहार प्राप्तीको योग रहेको छ । साथीभाई आफन्तजनबाट सुखसहयोग मिल्नेछ । संगीत र कलाको क्षेत्रमा बिशेष सफलता मिल्नेछ । राजनैतिक कार्यमा राम्रो पक्ष हुनेछ । पठनपाठनमा रुचि वढ्नेछ ।

बृश्चिकः

लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्नेछ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । शुभचिन्तकहरूबाट कार्यक्षेत्रमा नयाँ मार्गदर्शन मिल्नेछ । पारिवारिक सम्बन्धमा संवादबाट समस्याको समाधान गर्न सकिनेछ । वेलुकी पख सुभ समाचार मिल्नेछ ।

धनुः

धन वस्त्र अलंकारको लाभ हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाउनेछ । इष्टमित्रको सहायताले रोकिएको कार्य पुनःप्रारम्भ हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । पठनपाठनमा रुचि बढेर जानेछ । दिनको उत्तरार्धमा अलिक धन खर्च हुने देखिन्छ ।

मकरः

मानसम्मानमा वृद्धि हुनेछ । अभिष्ट कार्य सफल हुने योग छ । सानो प्रयासले लक्ष्यमा सजिलै पुग्न सकिनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । अतिथि सत्कारमा जुटिनेछ । अनुहारमा कान्ति, मनमा शान्ति छाउनेछ ।

कुम्भः

ठूला व्यक्तिको साथसहयोग मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । लगनशिलताले कामहरु अगाडि बढ्नेछन् । व्यापार व्यवसायमा राम्रो फड्को मार्ने समय रहेको छ । नयाँ कार्यको थालनी हुनेछ । धर्मकर्ममा रुचि जाग्नेछ ।

मीनः

अरुका लागि बुद्धि र समय खर्चनुपर्ने समय रहेको छ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । पारिवारिक सुख सहयोगमा वृद्धि हुनेछ । मान्यजनसँग भेटघाट हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।