निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । एडी लामालाई पराजित गर्दै कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक पाण्डे महासंघको अध्यक्ष भएका हुन् ।

पाण्डेले ५ सय १४ मत पाउँदा लामाले ४ सय १३ मत प्राप्त गरे ।

महासंघको महासचिवमा शिवहरि घिमिरे निर्वाचित भए । घिमिरेले ५ सय २७ मत प्राप्त गर्दा प्रतिष्पर्धी बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गरे ।

यसैगरी कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भए ।

नीतिगत उपमहासचिवमा मंगल शाही विजयी हुँदा आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी भए । महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी भइन् भने कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी भए । सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।