काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चैत ६ गतेदेखि ३ लाख तल झरेको सुनको मूल्य १२ दिनपछि ३ लाख नजिक पुगेको छ । आज एकैदिन सुन तोलामा ७ हजार ४०० रुपैयाँले बढेसँगै फेरी ३ लाख नजिक पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी तोलामा १०० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६७८.७३ अमेरिकी डलर र चाँदी ७४.३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Comment