आज मिति २०८२ चैत १८ गते बुधवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ चैत १८ गते (१ अप्रिल २०२६) बुधवार, चैत्र शुक्लपक्ष चतुर्दशी तिथि, ६ः४८ बजेपछि पूर्णिमा। उत्तरफाल्गुनी नक्षत्र, १६ः०३ बजेपछि हस्ता। चन्द्रराशि कन्या।

मेषः सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्नेछन् । मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । उद्योग, व्यापार, व्यवसायमा फाइदा हुनेछ । व्यापारमा अड्किएको रकम उठ्नेछ । भविष्यका लागि केही लगानी बढाउन सकिनेछ ।

वृषः

भित्रैबाट मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ । भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ ।

मिथुनः

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । आज शुभचिन्तकको सुझावलाई ध्यान दिनु राम्रो पक्ष हुनेछ ।

कर्कटः

आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारव्यावसायमा फाइदा हुनेछ । कामकाजी व्यक्तिहरुको लागि व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ ।

सिंहः

आज रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्नेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । दार्शनिक र धार्मिक प्रकृतिका काममा आकर्षण बढ्नेछ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् ।

कन्याः

शरीर हलुका र मन प्रसन्न रहनेछ । एकान्तमा बसेर भलाकुसारी गर्ने अनुकूलता मिल्नेछ । मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन् । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ ।

तुलाः

आज वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय छ । लेनदेन कार्यमा नसोचेको समस्या देखिन सक्नेछ । आजको दिन विवादबाट बच्ने प्रयास गर्नुहोला । जोखिम मोलेर गरेको कामबाट भने फाइदा हुनेछ ।

बृश्चिकः

मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन रहेको छ । दिगो काम प्रारम्भ हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ ।

धनुः

सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्नेछ । श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । लगनशीलताले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने दिन रहेको छ ।

मकरः

समाजले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।

कुम्भः

विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्नेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्नेछ । आज लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनु राम्रो पक्ष हुनेछ ।

मीनः

सुख/सुविधाप्रतिको मोह बढ्नेछ । मन कल्पना र भावनामा रुमल्लिन सक्नेछ । सँगीसाथीसँग समन्वय गरी अघि बढेमा विशेष लाभ पाउन सकिने छ । काम कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ । । सम्झौता वा करार गर्न अनुकूल समय देखिन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।