संविधान संशोधन बहसपत्र बनाउन कार्यदल गठन, शाह अध्यक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको हो।

सरकार प्रवक्ता मन्त्री पोखरेलले भने, ‘संविधान संशोधन बहसपत्र तयार गर्न माननीय प्रधानमन्त्रीज्यूको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरू रहने गरी कार्यदल गठन गर्ने।’

यस्तै, मन्त्रिपरिषद बैठकले चैत १९ गते संघीय संसदको दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस पनि गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।