अर्थमन्त्रीले गरे ३० उपसचिवको सरूवा, को कहाँ पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डा. स्वर्णिम वाग्ले नेतृत्वको अर्थ मन्त्रालयले ३० जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयको जिम्मेवारी सम्हालेको तेस्रो दिनमै अर्थमन्त्री वाग्लेले अढाई दर्जनभन्दा बढी उपसचिवको सरुवाको निर्णय गरेका हुन्।

अर्थ मन्त्रालयमा कार्यरत ती उपसचिवहरूलाई विभिन्न सरकारी निकायमा सरुवा गरिएको जनाइएको छ। चैत १३ गते कार्यभार सम्हालेका अर्थमन्त्री वाग्लेले चैत १५ गते नै सरुवाको निर्णय गरेका थिए।

उक्त सरुवासम्बन्धी निर्णयको सूचना अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको हो।

मन्त्रालयको प्रारम्भिक चरणमै गरिएको यो निर्णयलाई प्रशासनिक पुनर्संरचना र कार्यसम्पादनलाई प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।