पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति बैठक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।

पार्टीका कार्यबाहक सभापतिकौ हैसियतमा पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले कांग्रेसका नवनिर्वाचित सांसदलाई बधाईसहितको कार्यक्रम आयोजना गरेका छन्।

आज दिउँसो १२ बजे धुम्बाराहीको स्मार्ट होटलमा प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई बधाईका लागि बोलाइएको हो।

गत शनिबार कांग्रेसले पार्टी मुख्यालय सानेपामा नवनिर्वाचित सांसदलाई संसदीय सचेतना कार्यक्रम आयोजना गरेर अभीमुखीकरण तालिम दिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।