काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँच दिन अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति दिएको हो। जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार पाँच दिन म्याद थपिएको हो। सरकारले १० दिनका लागि समय माग गरेको थियो।
यता सर्वोच्च अदालतमा दुवै जनालाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दी-प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। रिट निवदेनमाथि सोमबार सुनुवाइ हुँदै छ।

Comment