पनौतीमा अक्षरमार्गद्वारा वसन्त काव्यगोष्ठी २०८२ सम्पन्न, तीन साहित्यिक व्यक्तित्व सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पनौती । साहित्यिक संस्था अक्षरमार्गले शनिबार आयोजना गरेको वसन्त काव्यगोष्ठी २०८२ मा तीन प्रतिष्ठित साहित्यिक व्यक्तित्वलाई सम्मान प्रदान गरिएको छ। कार्यक्रममा पत्रकार तथा लेखक सुकृत नेपाल, कवि हरिसुन्दर छुकां र साहित्यकार मन्जुश्री प्रधानलाई सम्मान गरिएको हो।

तीनै व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णु विभु घिमिरे, विशिष्ट अतिथि कवि स्नेह सायमि र कार्यक्रम संयोजक कवि सूर्यप्रसाद लाकोजूले दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान प्रदान गरे।

कार्यक्रममा बोल्दै पूर्व उपकुलपति डा. घिमिरेले अक्षरमार्गले देशभर साहित्यिक चेतनाको आलोक फैलाइरहेको बताए। सम्मानित प्रतिभाहरू कर्मशील तथा सक्रिय साहित्यिक साधक भएको उल्लेख गर्दै उनले शुभकामना दिए।

त्यसैगरी विशिष्ट अतिथि कवि सायमिले पनौतीजस्तो पवित्र भुमिमा सम्मानित भएका स्रष्टाहरू देशका गौरव भएको बताए। उनले “अक्षरमार्गको निरन्तर चेतनात्मक यात्राले यस्ता उपलब्धि सम्भव भएको” धारणा राखे।

कार्यक्रम संयोजक कवि लाकोजूले कवितामा ठूलो शक्ति हुने र त्यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम हुने विचार व्यक्त गरे।

काव्यगोष्ठीमा झन्डै दुई दर्जन कविहरूले आफ्ना कविता तथा रचना वाचन गरेका थिए।

अक्षरमार्गले साहित्यिक गतिविधिलाई निरन्तरता प्रदान गर्दै हरेक कार्यक्रम नयाँ आयामसहित अघि बढाइरहेको संस्थाका प्रतिनिधिहरूले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।