नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी गुण्डुमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न जरुरी पुर्जी सहित प्रहरी टोली भक्तपुरको गुण्डुस्थित उनको निवासमा पुगेको छ। जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने शुक्रबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङ सक्रिय बनेका छन्।

उनकै निर्देशनपछि शनिवार बिहानैदेखि गुण्डु क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको प्रहरी स्रोतले जनाएको छ। आयोगले भदौ २३–२४ का प्रदर्शनका क्रममा सुरक्षापक्षको निर्णय प्रक्रियामा संलग्न व्यक्तिहरूविरुद्ध फौजदारी अनुसन्धान अघि बढाउन सुझाव दिएको थियो।

ओलीको निवास वरिपरि सुरक्षातह कडा पारिएको छ भने प्रहरी टोली आवश्यक प्रक्रिया पूरा गर्दै पक्राउ प्रयासमा रहेको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।