बेलायती दूतावासले प्रधानमन्त्री बालेन्द्रलाई दियो बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई काठमाडौंस्थित बेलायती दूतावासले बधाई दिएको छ ।

आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा उसले प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन् ।

दूतावासले लेख्यो, ‘श्री बालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गर्नुभएकोमा हार्दिक बधाई ।

नेपालसँग बेलायतको मित्रता अहिलेको समयको आवश्यकता अनुरूप आर्थिक वृद्धि, युवा रोजगारी र जलवायु उत्थानशीलतामा केन्द्रित रहँदै एक आधुनिक साझेदारीमा रूपान्तरण भइरहेको छ । नयाँ सरकारले आफ्ना प्राथमिकताहरू निर्धारण गरिरहँदा हामी यी र अन्य क्षेत्रहरूमा सहकार्य गर्न उत्सुक छौं ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।