प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार शपथ लिएका छन्।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई शपथ गराएका छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदलगायत सरकारका विशिष्ट तहका कर्मचारी उपस्थित रहेका थिए।

अब ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।