आज मिति २०८२ चैत ११ गते बुधवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ चैत ११ गते (२५ मार्च २०२६) बुधवार, चैत्र शुक्लपक्ष सप्तमी तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ९ः२६ बजेपछि मिथुन।

मेष :
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन् । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

वृषः

मनले चिताएका कामहरु अधुरै रहलान् । मानसिक तथा शारिरीक समस्या आउनेछ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । दीर्घकालिक योजना कार्यान्वयन गर्ने क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ ।

मिथुनः

कार्यक्षेत्रमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भईनेछ । प्रतिष्ठित शैक्षिक संस्थान या विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । श्रमको उचित मूल्य पाइनेछ ।

कर्कटः

व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्नेछ । खर्च लागे पनि दिगो काम फेला पर्नेछ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिने होकि भन्ने देखिन्छ ।

सिंहः

समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ ।

कन्याः

आर्थिक रूपमा लाभदायक समय रहनेछ । उच्चपदस्थ व्यक्तित्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ ।

तुलाः

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन् । घरमा पाहुनाको सत्कारमा रमाईने दिन रहेको छ । काम देखाएर फाइदा लिने समय छ ।

बृश्चिकः

तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्नेछ । कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुनेछ । आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन । सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ ।

धनुः

दाम्पत्य जीवनमा खुशियाली छाउनेछ । प्रेमिप्रमिका बिच सुमधुर सम्बन्ध रहला । शत्रुवर्ग पराजित हुनेछन् । नाम, प्रतिष्ठा एवं किर्ति बढ्ने समय छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मकरः

शरीरमा खिन्नता र अस्वस्थता देखा पर्नेछ । तर पनि अचानक धन प्राप्ति हुने योग बनेको छ । कुनै लटरी वा चिठ्ठानै पनि पर्नसक्नेछ । आर्थिक क्रियाकलापका काममा सफल भईनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ ।

कुम्भः

अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्नेछ । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्नेछन् । कार्यक्षेत्रमा कार्यको प्रशंसा हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।

मीनः

घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । पारिवारिक जीवनमा देखिएको वैमनस्यता र दूरीले अझ तनाव बढाउनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहन सक्नेछ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।