कालंगा हाइड्रोको आईपीओ खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरेको हो।

कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत अर्थात ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमा यस चरणमा १४ लाख कित्ता साधारण शेयर प्रभावित स्थानीयका लागि खुला गरिएको छ। सोमध्ये ९ लाख १० हजार कित्ता अतिप्रभावित बासिन्दाका लागि तथा ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। त्यस्तै, ४ लाख ९० हजार कित्ता शेयर प्रभावित तर अतिप्रभावित नभएका अन्य स्थानीय बासिन्दाका लागि विनियोजन गरिएको छ।

कम्पनीको आयोजनास्थल बझाङ्ग, बैतडी र दार्चुलाका विभिन्न वडाका स्थायी बासिन्दाहरूले यो आईपीओमा आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन मिल्नेछ।

आयोजना प्रभावित स्थानीयका लागि आवेदन चैत २४ गतेसम्म (ढिलोमा बैशाख ९ सम्म) खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन चैत १५ गतेसम्म (ढिलोमा चैत २४ सम्म) खुला हुनेछ।

आवेदनका लागि सानिमा क्यापिटल, आयोजनास्थलका कार्यालयहरू, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, कृषि विकास बैंकका सम्बन्धित शाखाबाट आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्बा सुविधा र ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

केयर रेटिङ नेपालले कालंगा हाइड्रोलाई डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।