सोपान फर्मास्युटिकल्सको आईपीओमा आजबाट आवेदन दिन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सोपान फर्मास्यूटिकल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ। कम्पनीले आज चैत ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँ मूल्यका कुल ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

उक्त निष्कासनमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। त्यसका लागि सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले मात्र आवेदन दिन सक्नेछन्।

यस्तै, कुल निष्कासित सेयरमध्ये ५ प्रतिशत (२ लाख १४ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत (१ लाख ७१ हजार ६०० कित्ता) कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २३ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयमार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो सेयर’ सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।