आठ महिनामा भित्रियो १ लाख ४७ हजार थान विद्युतीय चुलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा १ लाख ४७ हजारभन्दा बढी विद्युतीय चुलो आयात भएका छन्।

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्मको तथ्यांक अनुसार कुल १ लाख ४७ हजार ८ सय ६४ थान विद्युतीय चुलो देश भित्रिएका हुन्।

खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला विद्युतीय चुलो, विशेषगरी इन्डक्सन चुलोप्रति आकर्षण उल्लेख्य रूपमा बढेको देखिन्छ। समीक्षा अवधिमा १ लाख ४ हजार ७ सय १७ थान इन्डक्सन चुलो आयात भएका छन्।

त्यसैगरी इन्फ्रारेड चुलोको आयात पनि उल्लेख्य रहेको छ। उक्त अवधिमा ४२ हजार २ सय १८ थान इन्फ्रारेड चुलो नेपाल भित्रिएका छन्।

इन्डक्सन र इन्फ्रारेड बाहेक अन्य प्रकारका विद्युतीय चुलोको आयात भने न्यून देखिएको छ, जसअन्तर्गत जम्मा ९ सय २९ थान मात्र आयात भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।