आज पनि बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पुनः बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान ८:३० बजेदेखि बैठक सुरु हुने जनाइएको छ।

यसअघिको शुक्रबार बसेको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापा द्वारा पेश गरिएको राजीनामा पत्र बैठकमा प्रस्तुत गरेका थिए। उक्त विषयमा व्यापक छलफल भएको थियो।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार चैत ६ गते २५ जना केन्द्रीय सदस्यले धारणा राखेपछि बैठक स्थगित गरिएको थियो। शुक्रबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले सभापति थापाको नैतिकताका आधारमा आएको राजीनामा अस्वीकार गर्नुपर्ने मत व्यक्त गरेका थिए।

आजको बैठकले उक्त राजीनामाबारे औपचारिक निर्णय लिने अपेक्षा गरिएको छ। साथै पार्टीको आगामी रणनीति र आन्तरिक विषयमा समेत छलफल हुने जनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।