सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घट्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार ५ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी ५ हजार १० रुपैयाँ प्रतितोला रहेको थियो ।

यसअघि गत माघ १५ गते सुनचाँदीको मूल्यले ऐतिहासिक उच्च बिन्दु छोएको थियो । सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्यको उतारचढावका कारण सुनचाँदीको भाउमा गिरावट आएको विश्लेषण गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।