कैलाली । कैलालीमा श्रीमतीको हत्या गरेर पुरुषले आफूमाथि नै गोली चलाएका छन् । जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए अनुसार, अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरलाई आफ्नै भरुवा बन्दुकबाट गोली हानी हत्या गरेका थिए।
प्रारम्भिक अनुसन्धानबाट भेटिएको विवरण अनुसार, हत्या गरेपछि रामबहादुरले सोही बन्दुकको गोलीले आफैंलाई घाइते बनाएका थिए। घाइते पुरुषलाई सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ र घरायसी कारणले घटना भएको प्रारम्भिक निष्कर्षमा देखिएको छ।

Comment