काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीले उक्त बैठक चैत्र ६ गते शुक्रबारका लागि तय गरेको हो ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । यस बैठकमा चुनावी समीक्षा र समसामयिक विषयहरूबारे छलफल हुने जनाइएको छ ।

Comment