नागरिक लगानी कोष र एक्सेल बैंकबीच अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवम् सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आइतबार सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा ईन्द्रकुमार कट्टेलले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारीको अवकाशसम्बन्धी उपदान एवम् अन्य रकमको व्यवस्था कोषले गर्ने भएको छ ।हाल बैंकमा ३०० जना कर्मचारी कार्यरत रहेका छन् भने ८ जिल्लामा बैंकले प्रदेशस्तरीय कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।