श्री एयरलाइन्सले प्रिमियम मूल्यमा १ अर्ब २६ करोडको आईपीओ जारी गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्री एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । एयरलाइन्सले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति माग गरेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा थप सय रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले आईपीओ जारी गर्न अनुमति माग गरेको छ ।

एयरलाइन्सले २०० रुपैयाँ प्रतिकित्ताका दरले १ अर्ब २६ करोड बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग गरेको छ ।

एयरलाइन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।