मन्त्रिपरिषद्ले गरेको राजनीतिक नियुक्ति र सिफारिसप्रति चौतर्फी विरोध, नियुक्ति बदर गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सागर ढकाल ले मन्त्रिपरिषद् बैठकले गरेको पछिल्लो राजनीतिक नियुक्तिको कडा शब्दमा आलोचना गरेका छन्।

काठमाडौं–गुल्मी १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ढकालले सरकारका नियुक्ति निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

मन्त्रिपरिषद्ले ओमप्रकाश अर्याल लाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने तथा प्रधानमन्त्री सुशीला कार्की का प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ लाई प्रकृति संरक्षण कोष को अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेपछि सरकारको आलोचना चर्किएको हो।

ढकालले राज्यका विभिन्न निकायमा हुने नियुक्ति विज्ञता र योग्यताका आधारमा हुनुपर्ने उल्लेख गर्दै राजनीतिक पहुँच र “नातावाद”का आधारमा निर्णय हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले उक्त नियुक्ति तत्काल बदर गर्न सरकारसँग माग गरेका छन्।

यसैबीच पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ ले पनि उक्त नियुक्तिप्रति गम्भीर आपत्ति जनाएकी छन्।

त्यस्तै जेनजी आन्दोलनको अग्रमोर्चामा सक्रिय रक्षा बम ले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयमाथि प्रश्न उठाएकी छन्। उनले सडकमा सुशासन, नातावाद र कृपावादको विरोध गर्दै युवाहरूले गरेको संघर्षको स्मरण गराउँदै सरकारका यस्ता निर्णयले जनताको अपेक्षामाथि आघात पुगेको टिप्पणी गरेकी छन्।

उता म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षामन्त्री महाबिर पुन ले पनि मन्त्रिपरिषद्को उक्त निर्णयप्रति असहमति जनाएका छन्। पुनले यी नियुक्ति र सिफारिस “शतप्रतिशत गलत” भएको बताउँदै सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।