गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सिट खाली छ । नेपाली कम्युनिष्ट पार्टीका बामदेव गौतमको ६ वर्षे कार्यकाल फागुन तेस्रो साता सकिएपछि खाली भएको एक सिटमा अर्याललाई सिफारिस गर्ने निर्णय भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।