मनकामनाबाट फर्किंदै गरेको माइक्रो दुर्घटनामा सात यात्रुको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रो दुर्घटना हुँदा सात यात्रुको घटनास्थलमै मृत्यु भएको छ।

१४ जना यात्रारत माइक्रो दुर्घटनामा परेका बाँकी सात जनालाई भने उद्धार गरिएको छ। प्रहरीका अनुसार उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

गोरखाको सहिद लखन गाउँपालिका ३‚ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस (ईभी) शनिबार सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो दुर्घटनामा परेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।