सुनसरी। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानमा लगाएको मकै बालीमा रोग किराको प्रकोपको प्रकोप बढेको छ ।
इनरुवा सहित रामधुनी, हरिनगर, देवानगञ्ज, बर्जु, गढी र भोक्राहा नरसिंह गाउँपालिका लगायतका स्थानमा लगाइएको मकै बालीमा फौजी किरा देखिएको इनरुवा–९ बबियाका शिबनारायण यादबले बताए ।
मकै बालीमा रोगकिरा देखिन थालेपछि विषादी छर्न बाध्य भएको उनले बताए । केही गोड्ने बेला र केही गोडिसकेका मकै कीराले खाएर नष्ट गरेपछि विषादी छर्नका लागि बाध्य भएको उनले बताए । नहरमा पानी नभएर समस्यामा परेका किसानलाई मकैंमा रोग किराको संक्रमणले झनै चिन्तित बनाएको किसान शम्भु यादवले गुनासो गरे ।
मकै बालीबाट राम्रो आम्दानी लिने सोचका साथी खेती गरेको भएपनि फौजी किराको आक्रमणले सोचे अनुसारको आम्दनी हुने की नहुने चिन्ताले सताएको किसान लक्ष्मण मेहताले बताए ।
जिल्लामा यस बर्ष १२ हजार ६३ हेक्टर क्षेत्रफलमा मकै खेती भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

Comment