अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे रातो पासपोर्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । खनालले मन्त्रालयको प्रशासन महाशाखालाई अर्थमन्त्रीको हैसियतमा प्राप्त गरेको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले उक्त राहदानी फिर्ता गरेका हुन्।

पासपोर्ट फिर्ता गरिदिन खनालले मन्त्रालयको महाशाखालाई पत्र लेखेका छन् । पत्रमा भनिएको छ, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीप्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।