शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (फागुन २६) अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन १७ गतेदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। हाल भने कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि शेयर निष्काशन प्रक्रिया अगाडि बढाइएको हो।

कम्पनीले कुल ९८ करोड रुपैयाँ जारी पूँजीको ३२ दशमलव ६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये स्थानीय बासिन्दाका लागि ९ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २२ हजार कित्ता शेयर बाँडफाँट भइसकेको छ।

दोस्रो चरणमा कम्पनीका कर्मचारीका लागि ४४ हजार ४०० कित्ता शेयर छुट्याएर बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो। यस शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।