आरम्भिक प्रि-स्कुलको दोस्रो वार्षिकोत्सव सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौं चाबहिल स्थित आरम्भिक प्रि-स्कुलले आफ्नो दोस्रो वार्षिकोत्सव भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहमा बालबालिकाहरूको प्रतिभा प्रदर्शन, सांस्कृतिक प्रस्तुति तथा विभिन्न शैक्षिक गतिविधि आयोजना गरिएको थियो।

वार्षिकोत्सवका अवसरमा शैक्षिक सत्रभर अतिरिक्त क्रियाकलाप तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

विद्यालयकी सञ्चालिका देवकी नेपालको संयोजनमा सम्पन्न कार्यक्रममा अभिभावक, शिक्षासेवी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालिका नेपालले बालबालिकाको सर्वाङ्गीण विकासका लागि घर र विद्यालयबीचको समन्वय अपरिहार्य रहेको बताइन्। “घरले बालबालिकालाई माया, संस्कार र जीवनका आधारभूत मूल्य–मान्यता सिकाउँछ भने विद्यालयले ज्ञान, सीप र अनुशासनको मार्ग देखाउँछ,” उनले भनिन्, “त्यसैले बालबालिकाको सुनौलो भविष्य निर्माणमा यी दुवै पक्षको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ।”

उनले साना बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको लुकेको प्रतिभा पहिचान गर्ने, आत्मविश्वास बढाउने तथा ‘खेल्दै सिक्ने’ बालमैत्री वातावरण तयार गर्नु विद्यालयको मुख्य जिम्मेवारी रहेको उल्लेख गरिन्। आरम्भिक प्रि–स्कुलले स्थापनाकालदेखि नै सो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै आएको दाबी पनि उनले गरिन्।

समारोहमा विद्यार्थीहरूले विभिन्न नेपाली लोकनृत्य, गीत तथा रचनात्मक कलात्मक प्रस्तुति प्रस्तुत गरेका थिए, जसलाई उपस्थित अभिभावक तथा अतिथिहरूले निकै प्रशंसा गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।