काठमाडौं । नेपाली फिचर फिल्म एक मुठ्ठी बादल को प्रदर्शन मिति तय भएको छ। निर्माण कम्पनी गौथली इन्टरटेनमेन्ट ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर फिल्मलाई मे १५ (जेठ १) देखि प्रदर्शनमा ल्याउने घोषणा गरेको हो।
सहारा शर्मा को लेखन तथा निर्देशनमा बनेको यस फिल्मले तीन पुस्ताको भावनात्मक कथा प्रस्तुत गर्दै परिवर्तनशील नेपाली समाजमा परिवारभित्रका अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई चित्रण गर्नेछ।
अभिमन्यु दीक्षित निर्माता रहेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली लगायत कलाकारको अभिनय रहेको छ।
फिल्मले अन्तर्राष्ट्रिय स्तरमा पनि सफलता हासिल गर्दै ह्युबर्ट बल्स फन्ड को युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट प्राप्त गरेको छ भने कान्स चलचित्र महोत्सव र लोकार्नो चलचित्र महोत्सव सँग सम्बन्धित कार्यक्रमहरूमा पनि सहभागिता जनाएको थियो।

Comment