कांग्रेस सभापति गगन थापालाई पराजित गरी अमरेश सिंह बिजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।

काठमाडौं ४ बाट पछिल्लो तीन पटक चुनाव जितेका थापा यो पटक मधेसको सर्लाही ४ मा उम्मेदवार बनेका थिए।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंहले १२ हजार ८५७ मतले पराजित गरेका हुन्।

पछिल्लो मत परिणाम अनुसार अमरेशले ३५ हजार ६८८ मत ल्याउँदा गगनले २२ हजार ८३१ मत ल्याएका छन्।

यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पनि पूरा गरेका छन् भने अर्कोतर्फ गगन थापाको पहिलो हार हो । ०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए ।

यसपटक मधेश झरेर चुनाव लडेका थापाले हार बेहोरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।