काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खोलेको छ ।

शुक्रबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना)ले १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाए ।

अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

उक्त क्षेत्र यसअघि नेपाली कांग्रेसले जित्दै आएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।