चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको संकेत : पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीबारे कडा प्रतिक्रिया व्यक्त गरेका छन्।

पोखरेलले उक्त डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गर्दै नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने प्रयास अस्वीकार्य हुने बताए।

उनले सामाजिक सञ्जालमार्फत भने, “नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ। चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो।”

पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँ गर्नुपर्ने, राष्ट्रिय सार्वभौमिकता साझा जिम्मेवारी भएको र सूचना स्वतन्त्र भए पनि समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्ने धारणा व्यक्त गरे।

साथै, उनले भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाल प्रयोग हुन नदिन सबैलाई सचेत रहन, तथ्य जाँच गर्न र राष्ट्रिय हितको पक्षमा उभिन आग्रह गरे। “हामीले बुझ्नुपर्छ: लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँ गर्नुपर्छ। नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो। सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ। भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ। सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ,” उनले अपील गरे।

यो टिप्पणीले आगामी चुनावको संवेदनशील समयमा राजनीतिक दल र जनतालाई सूचना, बाह्य हस्तक्षेप र राष्ट्रिय हितबारे सचेत रहन सन्देश दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।