चुनावको मतपेटिका दलका प्रतिनिधिबिना सेनाले मात्रै बोक्नु हुँदैन : हर्क साम्पाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले चुनावी मतपेटिका ढुवानी प्रक्रियाबारे चासो व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले मतपेटिका सिधै नेपाली सेना ले गणना स्थलसम्म लैजाने चर्चा आएको उल्लेख गर्दै दलका प्रतिनिधिबिना सेनाले मात्रै मतपेटिका बोक्नु उपयुक्त नहुने धारणा राखेका हुन्।

उनले प्रतिनिधिबिना मतपेटिका ढुवानी गरिएमा शंका उत्पन्न हुन सक्ने जिकिर गरेका छन्।

“यो चुनावको मतपेटिका सिधै नेपाली सेनाले गणना स्थलसम्म लाने भन्ने आयो, तर दलका प्रतिनिधिबिना सेनाले मात्रै बोक्नु हुँदैन,” उनले लेखेका छन्, “प्रतिनिधिबिना त्यसो गरिए त्यहाँ शंका उत्पन्न हुन सक्छ।”

साम्पाङको भनाइले निर्वाचन प्रक्रियाको पारदर्शिता र विश्वसनीयताबारे बहस सुरु गराएको छ। निर्वाचन व्यवस्थापन सम्बन्धी निर्णय र सुरक्षाको जिम्मेवारी सम्बन्धित निकायले गर्ने भए पनि मतपेटिका ढुवानीमा दलका प्रतिनिधिको सहभागितालाई उनले आवश्यक ठानेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।