काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झापा–५ का उम्मेदवार रञ्जित तामाङलाई टेलिफोन सम्पर्क गरी निर्वाचन अभियानमा सक्रिय रहन आग्रह गरेका छन्।
बिहीबार टेलिफोनमार्फत तामाङसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जालमा फैलिएका हल्ला तथा अफवाहको भ्रममा नपर्न सुझाव दिएका हुन्। पछिल्लो समय विभिन्न माध्यमबाट फैलाइएका सूचनाप्रति सतर्क रहनुपर्ने उल्लेख गर्दै उनले आत्मविश्वासका साथ अभियानमा लाग्न आग्रह गरे।
प्रचण्डले तामाङलाई ढुक्क भएर घरदैलो तथा चुनावी कार्यक्रममा सक्रिय रहन निर्देशन दिँदै भने, ‘बाहिर आएको हल्लाको भ्रममा नपर्नुस्। ढुक्कसँग निर्वाचन अभियानमा लाग्नुस्। जितेर आउनूस्।’
निर्वाचनको अन्तिम चरणमा प्रवेश गरेको अवस्थामा नेताहरूले उम्मेदवारसँग प्रत्यक्ष सम्पर्क बढाइरहेका बेला प्रचण्डको उक्त फोनलाई चुनावी रणनीतिको हिस्सा मानिएको छ।

Comment