काठमाडौं। बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर तीन लाख १५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Comment