आजको राशिफल
काठमाडौं । २०८२ फागुन १३ गते (२५ फेब्रुअरी २०२६) बुधवार, फाल्गुण शुक्लपक्ष नवमी तिथि। राेहिणी नक्षत्र, १४ः०६ बजेपछि मृगशिरा। चन्द्रराशि वृष।
मेषः
मिहिनेत अनुसार प्रशंसा, पुरस्कार आदि पाईनेछ । धनको सञ्चिति पनि बढ्नेछ । मूल्यवान् गहना, उपकरण आदि संग्रह गर्ने समय छ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
वृषः
शरीरमा स्फूर्ति र मनमा उत्साह जगाउने योग छ । पुराना ऋण चुक्ता गर्दै नयाँ सुरुवात गर्ने अवसर प्राप्त हुन सक्नेछ ।नयाँ कामको प्रस्ताव आउनेछ । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । शैक्षिक तथा व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुनः
भौतिक साधनतर्फ फजुल खर्च हुनेछ । फसेको रकम उठाउन पनि हम्मे पर्नेछ । काम बिग्रनाले हर्जाना तिर्नुपर्ने हुन सक्नेछ । अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ । विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका छ ।
कर्कटः
कम लागतमा दिगो काम, पेशा, व्यवसाय आदिको पूर्वाधार तयार हुनेछ । आयश्रोत सबल बन्नाले चल–अचल सम्पत्ति जोड्न सकिनेछ । थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।
सिंहः
शुभफलदायी र कर्मसिद्धिको योग छ । अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ ।
कन्याः
विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण तथा देश–विदेशसम्म यात्रा गर्ने साइत जुर्न सक्नेछ । टाढिएका सहपाठीहरूसँग पुनर्मिलन हुने समय छ । अध्यात्मिक उन्नतिको दिन परेको छ । धर्मकर्म तथा पूजापाठमा मन ज्यादा आकर्षित रहनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
तुलाः
विगतका समस्या बल्झिन सक्नेछन् । दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला । हातमा आएको प्रतिफल गुम्न सक्नेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ ।
बृश्चिकः
मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । टाढिएका साथीभाइ नजिकिनेछन् ।
धनुः
खेलकुद आदि प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रता लिन सकिने छ । शुभ समाचार प्राप्त हुने योग छ । लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
मकरः
छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।
कुम्भः
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने समय छ । सवारी साधन चलाउँदा वा बाटो काट्दा आज विशेष होस राख्नुखपर्नेछ । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ने देखिन्छ । बोलेको वचन पूरा गर्न नसक्दा आलोचित भईनेछ ।
मीनः
पराक्रम बढ्नेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्नेछ । आवश्यक स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मान पाईनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Comment