गण्डकीको पुरानो संस्कृति ‘कृष्ण लिला’ अब चलचित्रमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । गण्डकी क्षेत्रमा प्रचलित लोपोन्मुख बालन नाच (श्रीकृष्ण लिला) अब चलचित्रमार्फत हेर्न पाइने भएको छ । पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठानले ‘श्रीकृष्ण’ नामक नेपाली कथानक चलचित्र निर्माण गरेको हो । संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमका अनुसार बालन नाचको संरक्षण, संवर्द्धन र पुनर्जागरण गर्ने उद्देश्यले चलचित्र बनाइएको हो ।

करिब दुई महिनामा छायांकन सम्पन्न गरिएको डेढ घण्टे चलचित्र सेन्सर पास भइसकेको छ र प्रदर्शनको तयारीमा रहेको निर्देशकसमेत रहेका गौतमले जानकारी दिए । चलचित्रमा भगवान कृष्णको जन्मदेखि कंश वधसम्मको कथा प्रस्तुत गरिएको छ । नवीन ढुङ्गाना लगायत सयभन्दा बढी कलाकारको अभिनय रहेको फिल्ममा चार गीत समावेश छन् ।

चलचित्रको प्रारम्भिक प्रदर्शन विदेशमा गरिने र नेपालमा भने चुनावी माहोल सेलाएपछि मात्रै प्रदर्शन गरिने जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।