काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भागका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भाग तथा बाँकी प्रदेशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी भागमा आंशिक बादल लाग्नेछ । तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Comment