दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा एमाले मात्र रहेको बताएका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उनले आगामी चुनावपछि एमालेले नै देशलाई सम्हाल्ने बताएका हुन्। देशमा भएको तोडफोड, आगजनी र विध्वंसबाट देश र लोकतन्त्रलाई क्षति भए पनि देश सम्हाल्ने पार्टी एमाले जनताकै बिचमा रहेको बताए।
देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता बिथोलेर निर्वाचन जित्न नसकिने ओलीको भनाइ छ।
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका छन्। अध्यक्ष ओलीको गृहनगरबाट नै युथ भोलेन्टियर्सले प्रदेश कमिटी घोषणा गरेको हो।

Comment