“म हार्न आकाश फाट्नुपर्छ, पाताल भासिनुपर्छ” — हितबहादुर तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । हितबहादुर तामाङ ले नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएसँगै दिएको एक अभिव्यक्तिले जिल्लाको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

नुवाकोटका पत्रकारहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू चुनाव हार्न “आकाश फाट्नुपर्छ र पाताल भासिनुपर्छ” भन्ने अभिव्यक्ति दिएका हुन्।

उनले थप कडा सन्दर्भ जोड्दै भने, “म हितबहादुर तामाङ हार्नु भनेको भदौ २३ र २४ को पुनरावृत्ति हुनु हो। यदि म हारें भने बुझ्नुस्—त्यस्तै अवस्था दोहोरिन्छ।”

तामाङको यो भनाइ सार्वजनिक भएसँगै यसको राजनीतिक अर्थबारे विभिन्न कोणबाट चर्चा सुरु भएको छ। शालीन नेताका रूपमा परिचित तामाङबाट आएको यस्तो अभिव्यक्तिलाई कतिपयले निर्वाचन जित्ने आत्मविश्वासको संकेतका रूपमा व्याख्या गरेका छन्।

तर केही राजनीतिक विश्लेषक तथा प्रतिस्पर्धी दलका नेताहरूले यसलाई मतदातामाथि अप्रत्यक्ष दबाब वा धम्कीको शैलीका रूपमा टिप्पणी गरेका छन्। उनीहरूले विशेषगरी “भदौ २३ र २४” सन्दर्भ उल्लेख गर्नुले के संकेत गर्छ भन्नेबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

नुवाकोटबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका तामाङको पछिल्लो अभिव्यक्तिले उनी र उनको दलप्रति थप प्रश्न उठाएको राजनीतिक वृत्तको बुझाइ छ। निर्वाचन आचारसंहिता र लोकतान्त्रिक मर्यादाको सन्दर्भमा समेत यो अभिव्यक्ति बहसको विषय बनेको छ।

आगामी निर्वाचन नजिकिँदै गर्दा यस्ता अभिव्यक्तिले चुनावी वातावरणमा कस्तो प्रभाव पार्ने हो भन्ने चासो बढ्दो छ। अब तामाङ स्वयंले आफ्नो भनाइको आशय स्पष्ट पार्छन् कि पार्दैनन्, त्यसतर्फ सबैको ध्यान केन्द्रित भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।