सिप्रदी ट्रेडिङद्वारा टाटा कमर्सियल गाडीका लागि होली सर्भिस क्याम्प, केके छन् सुविधा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालीहरूको महान पर्व होली नजिकिँदै गर्दा सवारी साधनको प्रयोग बढ्ने भएकाले सुरक्षित यात्रालाई प्राथमिकता दिँदै सिप्रदी ट्रेडिङले टाटा कमर्सियल गाडीहरूका लागि विशेष “होली सर्भिस क्याम्प” आजदेखि सुरु गरेको छ।

फाल्गुन १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त क्याम्प देशभर रहेका सिप्रदीका २० वटा सर्भिस सेन्टरमा एकैसाथ सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।

चाडपर्वको व्यस्त समयमा ग्राहकहरूले ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न सकून् भन्ने उद्देश्यले आयोजना गरिएको क्याम्पमा सवारी साधनको विस्तृत जाँचको व्यवस्था गरिएको छ।

सुरक्षित यात्राको सुनिश्चितताका लागि १० प्रमुख बिन्दुहरूमा निःशुल्क चेकअप गरिनेछ, जसमा ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ तथा ल्युब्रिकेशन, टायर/व्हील सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेरिङ र सस्पेन्सन, क्लच तथा ट्रान्समिसन, क्याबिन सेफ्टी, च्यासिस तथा अन्डरबडी र इमरजेन्सी सेफ्टी जाँच समावेश छन्।

क्याम्प अवधिभर मर्मत तथा संभार आवश्यक परेमा टाटा जेन्युइन पार्ट्समा १५-२० प्रतिशतसम्म छुट, ल्युब्रिकेन्टमा २२ प्रतिशत छुट तथा लेबर चार्जमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। साथै, सर्भिस प्याकेजमा दर्ता भएका ग्राहकहरूले यिनै सुविधा एक वर्षसम्म प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्री-सर्भिस बुकिङ गरी वर्कशप आउने तीन जना भाग्यशाली ग्राहकलाई स्मार्टफोन उपहार दिने व्यवस्था समेत गरिएको छ।

यस अवधिमा २ हजारभन्दा बढी गाडीहरूको चेकअप गर्ने लक्ष्य कम्पनीले लिएको छ। कम्पनीका अनुसार, यस्ता सेवा क्याम्पले सवारी साधनको कार्यक्षमता सुधार गर्नुका साथै सुरक्षित र विश्वसनीय यात्रा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।