धादिङमा बस दुर्घटना १७ को मृत्यु ,२४ घाइते,उद्दारमा खटिदै प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ। धादिङमा गएराति भएको यात्रुबाहक बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी लोकमार्ग मा पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खस्दा दुर्घटना भएको हो। दुर्घटना गएराति करिब १:३० बजे भएको प्रहरीले जनाएको छ।

उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल को विपद् व्यवस्थापन बेस आदमघाटबाट डिएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको थियो। साथै, विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको छ।

प्राप्त विवरणअनुसार घटनास्थलमै १७ जनाको शव फेला परेको छ। घाइते २४ जनालाई उद्धार गरी नजिकका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतक तथा घाइतेहरूको सनाखत प्रक्रिया जारी रहेको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।